नियम २०
जनमत सङ्ग्रह सम्बन्धी प्रस्तावको सूचना
(१) संविधानको धारा २७५ को उपधारा (१) बमोजिम राष्ट्रिय महत्वको कुनै विषयमा जनमत सङ्ग्रहका माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदका सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यले दस्तखत गरी जनमत सङ्ग्रह सम्बन्धी प्रस्तावको सूचना महासचिवलाई दिन सक्नेछ ।
तर नेपाल सरकारलाई कुनै विषयमा जनमत सङ्ग्रहको माध्यमबाट निर्णय गर्न आवश्यक छ भन्ने लागेमा सम्बन्धित मन्त्रीले जनमत सङ्ग्रह सम्बन्धी प्रस्तावको सूचना महासचिव समक्ष दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त भएपछि महासचिवले जनमत संग्रह सम्बन्धी प्रस्ताव सभामुख र अध्यक्ष समक्ष पेश गर्नेछ ।